आमा
- Article Writing
- Sep 1, 2020
- 1 min read
-टेकम बि.क

हे आमा ! तिम्रो लागि कबिता लेख्दैछु
आमा तिम्रो लागि सुहाउने शब्द सोच्दैछु - जति तिमी मेरो भबिस्यको लागी सोच्ने गर्छौ,
माफ गरि दिनु आमा तिम्रो लागि सुहाउने शब्द भेटिन भने,
तिमिले मेरा लागि सहेका दुख पीडा मेटाउन सकिन भने।
कति खुम्चिन्छौ तिमी मेरा लागि सक्दैनौ र अझ धेरै खुसी हुन,
कति तल झर्छौ तिमी मेरा लागी सक्दैनौ र तिम्ले सगरमाथा झै अग्लो शिखर चुम्न?
तिमिलाइ के भनु देवी, परी वा स्वार्थी नारी ?
देवी भनु भने भगवान झै अदृश्य छैनौ
परी भनु भने काल्पनिक चमत्कार गर्दैनौ
सायद स्वार्थी नारी तिमीलाइ सुहाउछ होला
बिनासित्ती मेरा लागि आफ्ना करोडौ दुख पीडा आफै दबाएर राख्छौ।
म सङ्घर्षशिल छु आमा तिम्रा सपना साकार पार्न
बस् तिम्रो हात मेरो शिरमा होस मलाइ पुग्छ,
श्रेष्ठ बन्न त कदाचित न सकुला म,
तर असल भएर खरो उतर्ने छु,
परिवर्तनको जरो भएर उतर्ने छु।
आमा तिम्रो तारिफ खातिर सबै शब्द कम छन
शब्द भन्दा माथी तिम्रोलागि मेरो सम्मान छ
तिम्रै कोखमा त सारा सृष्टीको मुहान छ
संसारका सबै जगत जननीलाई कोटि कोटि प्रणाम छ।
अब छोड तल झर्न लाग सगरमाथा झै अग्लो शिखर चुम्न
पर्दैन अब स्वार्थी हुन आफ्ना करोडौ दुख पीडा आफै दबायर राख्न
आउ सङै मिलि पन्छ्याउ दुखका काडाहरु, म समाउछु तिम्रा हात,
म सघाउछु गाड तिमी तिम्रा इच्छाका जडाहरु।।।
Comments