![](https://static.wixstatic.com/media/d5b964_9c3193552dc94a3496c3922c6cfd1d41~mv2.jpg/v1/fill/w_980,h_706,al_c,q_85,usm_0.66_1.00_0.01,enc_auto/d5b964_9c3193552dc94a3496c3922c6cfd1d41~mv2.jpg)
- सशिला आचार्य
आज मेरो मुहार ,नयाॅं रंगले रंगाइयो
मेरा बनोट फेरिने गरि ,मलाई अलग बनाइयो
तिमीले दलेका रंगले सर्लक्कै सजिए म:
सप्तरंगीले होइन मलाई ,तेजाबले चम्काइयो ।
ति रंगको माझमा म जलिरहे
समाजका सान्त्वना लाइ छलिरहे
नाई हुन्न’.. मेरा शब्दले मलाई निकै पोल्यो
समाजको त के कुरा, आफ्नै ऐनाले मलाई चिन्न छोड्यो।
मेरा नजरले अझै उहि देख्छन् , तर समाजले भने दृष्टि फेर्यो
हिजोसम्म सबैकी फुल थिएँ म,खै किन आज मलाई घृणाले बेर्यो
यि रंगलाई न पखाल्न सक्छु , न खकाल्न नै सक्छु
न धुन सक्छु , न चिच्याइ रुन सक्छु
तिम्रा अभिसापका रंगले म: मा निकै ठुलो छाप छोड्यो ।
मेरो रूप फेरिएर के भो , सपना त अझै अटल छन् नि
सारीरिक दुखाई खेप्नु परे के भो , जोस त अझै एउटै छन् नि
आफुलाई यति सहासी कहिले सोचेकी थिइन मैले
पिडित नभन मलाई, आशु पछिको खुसी त अझै बाकि छन् नि
Comentarios