कैदी
- Article Writing
- Aug 29, 2020
- 1 min read
अस्मिता लकान्द्री

अरु झ्यालखाना भन्दा फरक नियम छन् यहां आउनेलाई
त्यै नियमको बोजले दबाएर राखिएको छ सबैलाई
जन्मनु अघिनै मारिने कोसिस गरिन्छ मलाई
सम्योगबस जन्म भयो त सुरु हुन्छ बुवाको छटपटाइ
किनकि म एक नारी- समाज नामक
झ्यालखानाको कैदी
कसैको हवस मेटाउनको निम्ति साँचेर
राखिन्छ मलाई पीडा दिदै अदृश्य डोरीले बाधेर
खुशी छ समाज मेरो बढेको पाहिला रोकेर
लाखौं कोसिस गर्दा पनि दिदैन जान यो
पीडादायि डोरी खोलेर
किनकि म एक नारी- समाज नामक
झ्यालखानाको कैदी
गार्हो हुन्छ मलाई लिएर बाँचन -यो शरीरमा
दिएको डरलग्दो दुखाइ
कसैको प्रेम अस्विकार गर्दैमा परेको एसिडको पोलाइ
घरमा आफ्नै ठानेको अफन्तको घिनलाग्दो छुवाइ
सथै हिड्नुपर्छ आफ्नो उपस्थितिको अस्तित्व गुमाइ
किनकि म एक नारी- समाज नामक झ्यालखानाको कैदी
शताब्दी देखि छु म कसै न कसैको अधिनमा
पुस्तकमा पढाइने जस्तो बद्लिएको छैन समाजको सोचमा
थाक्दैन यो समाज मलाई कैदी बनाउदैमा
त्सपछि बेच्छ न्यायको सामु पुत्लाको भेषमा
किनकि म एक नारी- समाज नामक झ्यालखानाको कैदी।
Comments