top of page
Search

अदालत

Writer: Article Writing
Article Writing
Aug 8, 2020
1 min read

- प्रविण भट्ट



श्रीमान्!

सम्पूर्ण गवाह सबुत प्रमाणलाई साँची राखी

प्रतिवादी ‘क’ ले सफाई पाउनुपर्छ।

प्रतिवादी ‘क’

हत्या!

बलात्कार!

लुटपाट!

श्रीमान!

प्रतिवादी ‘क’ ले कुनै छुटकारा पाउनु हुँदैन,

समाज ‘क’ देखि डराएको

समाज ‘क’ लाई स्विकार्न सक्दैन

यी प्रतिवादी समाजको रोग हुन।

श्रीमान्!

कलिलै उमेरमा

पापीको कुदृष्टिमा परेकी मेरी बैनीको आँसुलेः

उसको जन्मकैद माग गर्दछ।

दुई अबोध बालकका पिताको लासलेः

उसलाई थुन भन्छ।

लाहुरबाट कमाएर ल्याएको मिहिनेतको फल,

जसरी उसले निमिट्यान्न पार्यो,

उसले पनि थुन भन्छ।

सजाय होस,

जसरी भए पनि सजाय होस,

कानुन अन्धो नबनोस।

श्रीमान्!

अदालत सबुत प्रमाण खोज्छ,

खै सबुत?

खै प्रमाण?

गोहीका झुटा आँसु ले कसैलाई थुन्न मिल्दैन,

प्रतिवादी ‘क’‍ छुट्नैपर्छ, छुट्नैपर्छ।

श्रीमान्!

“प्रतिवादी विरुद्दका प्रमाण।”

(वकिलले प्रमाण देखाउछ)

-घन्टी बज्यो, अदालत बजे लाग्नेछ

बजेः

विद्वान ज्यू,

सम्पूर्ण सबुत प्रमाण हेरे पश्च्यात

प्रतिवादी बिरुद्ध कुनै ठोस प्रमाण नभएको

ठहर्न जान्छ।

प्रतिवादी ‘क’ को रिहाईको वन्दोवस्त गर्नु।।

 
 
 

Comments


Post: Blog2_Post
  • LinkedIn
  • Facebook

©2020 by Learners blog. Proudly created with Wix.com

bottom of page